माउण्टेन बाइक रेस अव सँधै पोखरामै हुने, वडासँग गरियो सम्झौता
बिहीबार, ०५ पुस २०८०, १९ : ४२
पोखरा । अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो रेस अब हरेक वर्ष पोखरामै हुने भएको छ । पोखरा १३ आर्वा विजयको डाँडामा हरेक वर्ष प्रतियोगिता गर्ने गरी सम्झौता भएको छ ।
पोखरा एन्ड्युरो र पोखरा १३ बिच सम्झौतामा हस्ताक्षर भएको हो ।
केही समयअघि मात्रै यहाँ एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेस सम्पन्न भएको छ । यहाँ लाखौं रुपैयाँ लगानी समेत गरिएको छ । वडाध्यक्ष किरण बरालले यो सम्झौताबाट पोखरा १३ लाई दीर्घकालीन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।
‘यहाँको पर्यटन विकाससँगै प्रबद्र्धनमा सघाउ पुग्छ । यो हाम्रो लागि खुसीको सम्झौता हो,’ उनले भने । प्रतियोगिताबाट आफ्नो वडामा केही आम्दानी समेत हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण