बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माउण्टेन बाइक रेस अव सँधै पोखरामै हुने, वडासँग गरियो सम्झौता

बिहीबार, ०५ पुस २०८०, १९ : ४२
बिहीबार, ०५ पुस २०८०

पोखरा । अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो रेस अब हरेक वर्ष पोखरामै हुने भएको छ । पोखरा १३ आर्वा विजयको डाँडामा हरेक वर्ष प्रतियोगिता गर्ने गरी सम्झौता भएको छ । 

पोखरा एन्ड्युरो र पोखरा १३ बिच सम्झौतामा हस्ताक्षर भएको हो ।

केही समयअघि मात्रै यहाँ एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेस सम्पन्न भएको छ । यहाँ लाखौं रुपैयाँ लगानी समेत गरिएको छ । वडाध्यक्ष किरण बरालले यो सम्झौताबाट पोखरा १३ लाई दीर्घकालीन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

‘यहाँको पर्यटन विकाससँगै प्रबद्र्धनमा सघाउ पुग्छ । यो हाम्रो लागि खुसीको सम्झौता हो,’ उनले भने । प्रतियोगिताबाट आफ्नो वडामा केही आम्दानी समेत हुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप