दक्षिण अफ्रिकालाई हराउँदै भारतले शृङ्खला आफ्नो पोल्टामा पार्यो
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । भारतले तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै तीन खेलको शृङ्खला २—१ ले जितेको हो ।
यसअघि पहिलो एकदिवसीय खेलमा भारत आठ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने घरेलु टोली दक्षिण अफ्रिका आठ विकेटलेि विजयी भएको थियो । पर्लमा खेलिएको अन्तिम खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने ४५.५ ओभरमा अलआउट हुनुअघि दुई सय १८ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको भारतका लागि सन्जु सामसनले सतकीय पाली खेले । उनले एक सय आठ रन बनाए । उनले एक सय १४ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएका थिए ।
तीलक वर्माले पनि अर्धसतकीय पाली खेले । उनले ५२ रन बनाए । उनले ७७ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । रिंकु सिंहले ३८ रन जोडे । भारतीय टोलीले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो ।
दक्षिण अफ्रिकाका बलर बिउरन हेनड्रिक्सले तीन विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जर्जीले ८१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ८७ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए ।
भारतीय बलर अर्सदीप सिंह एक्लैले चार विकेट लिए । उनले नौ ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए । आवेश खान र वासिङ्टन सुन्दरले पनि दुई–दुई विकेट हात पारे । सन्जु सामसन प्लेयर अफ दी म्याच र अर्सदीप सिंह प्लेयर अफ दी सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण