नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
काठमाडौँ । नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।
तोयनाथ पञ्चाङ्ग विगत १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथि मितिको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।
“झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसँग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु ।
पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसँग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो । शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ,” नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए ।
तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान-प्रदानको बहाना मिलेको बताए । “हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेकदिन प्रकृति, जिवजन्तु, किरा-फट्यांग्रा, भूगोल, चन्द्र-सूर्य र अन्य ग्रहहरुले हामीलाई प्रदान गर्ने अनेक योगदानहरुका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं । हाम्रो आफ्नै मौलिक सिद्धान्त छ जसले हामीलाई हाम्रो प्राचिन इतिहाससंग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तहरुमध्येको एउटा सिद्धान्त हो जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्ष अघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसंग जोड्नु भयो । त्यो कालखण्ड देखि अहिलेसम्म नेपाली जनमानसले यस ‘तोयनाथ पञ्चाङ्गलाई’ विश्वास र माया गर्दै आउनुभएको छ । त्यहि विश्वास र मायाको निरन्तरता स्वरुप यूग अनुसार हामीले वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’सँग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेका हौं,” उनले भने ।
नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको जनाइएको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण