सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ठगी मुद्दामा पक्राउ परेका वडा सदस्यसहित चार जना जेल चलान

शुक्रबार, ०६ पुस २०८०, १५ : १०
शुक्रबार, ०६ पुस २०८०

पोखरा । फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन् । 

पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार ठगी आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

फेवातालको किनारमा फोटोग्राफी गर्दै आएकासँग  विभिन्न किसिमबाट ठगी गरेको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए । 

चारैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरिएको थियो । उनीहरुले फोटोग्राफीसँग प्रतिव्यक्ति साढे १३ हजार असुल गरेको अनुसन्धानले देखाएको छ । उनीहरुविरुद्ध १५ जनाले जाहेरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप