सुवारेजले अमेरिकामा मेस्सीसँगै खेल्ने
शनिबार, ०७ पुस २०८०, ०६ : ०२
काठमाडौँ । उरुग्वेका स्ट्राइकर लुइस सुवरेज सन् २०२४ सिजनका लागि एमएलएस टोली इन्टर मियामीसँग आबद्ध भएका छन् । योसँगै उनले बार्सिलोनाका पूर्व सहकर्मी लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र जोर्डी आल्बासँग खेल्ने भएका हुन् ।
ब्राजिलियन टोली ग्रेमियो छाडेसँगै ३६ वर्षीय खेलाडी फ्रि-एजेन्टका रूपमा मियामीसँग आबद्ध भएका छन् । इन्टर मियामीका बिजेनस अफिसर ह्याभिर एसेन्सीले सुवारेजलाई अनुबन्ध गर्नु टोलीका लागि अर्को सम्झनलायक पल भएको बताए ।
सुवारेजले यसअघि नासिनोल, आयाक्स र एट्लेटिको मड्रिडसँग लिग उपाधि जितिसकेका छन् । सन् २०२३ सिजनमा उनले ग्रेमियोका लागि ३३ खेलमा १७ गोल गरेका थिए । टोली ब्राजिलियन शीर्ष लिगमा दोस्रो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण