एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने
शनिबार, ०७ पुस २०८०, १० : ३५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुङ्ग्याउन सकेको छैन ।
तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेका थियो । आज ११ बजेपछि बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ ।
आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण