टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित
वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अङ्क बटुलेको हो ।
टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिनुभयो । युपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए ।
भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २÷२ विकेट हात पारे । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ । पुलिसका लागि शङ्कर राणाले अविजित ३१ रनको योगदान दिए भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले । पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए ।
भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिनुभयो भने भीम शर्मा र असि अन्सारीले समान १÷१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शङ्कर राणा घोषित भए । प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा पर्सा ११ र भारतको भारतको वान्डर्स क्लबबीच हुने आयोजकले जनाएको छ ।
जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए । प्रतियोगिता यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण