शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन
शनिबार, ०७ पुस २०८०, १८ : १६
काठमाडौँ । टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री विश्वामित्र सन्जेलको प्रमुख आतिथ्यमा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नवीन विक्रम शाहले बताए ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा अनिल बुढा र गुमान सिंह बस्नेत, सचिव डिलबहादुर गौतम, कोषाध्यक्षमा भूपेन्द्र मल्ल रहेका छन् । यस्तै सदस्यहरूमा सुशील उपाध्याय, प्रमोद शाही, हरिलाल बुढा र कृषन शाही सर्वसम्मत चयन भएका छन् ।
नेपाल ब्याडमिन्टन संघले कर्णाली प्रदेश ब्याडमिन्टन संघका नवनियुक्त कार्यसमितिका सदस्यहरूलाई हार्दिक बधाईका साथ आगामी कार्यकालको सफलताको शुभकामना दिएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण