गणतन्त्रको विकल्प सुधारसहितको गणतन्त्र हो, राजतन्त्र होइन : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् ।
सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । ३ ओटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने ।
गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरू सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए ।
‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्ड विरुद्धको अभियान चलाएको छ । अरूले सुन पास गराइरहेका थिए । माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’ उनले प्रश्न गरे ।
‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । ९ ओटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।
सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरूमाथि प्रश्न उठ्यो । जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन । हामीले जवाफ दिनुपर्दछ । हामीले छानबिन समिति बनाऔँ भनेका थियौँ, पूर्व मन्त्री पुनले थपे, ‘हाम्रो पार्टी भ्रष्टाचार, कालोबजारीलाई संरक्षण गर्दैन । तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नु पर्दछ । सम्बन्धित निकायमा मुद्दा हाल्नु पर्दछ । यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन । गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन ।’
गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादी विरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति भने सचेत हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण