शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन

शनिबार, ०७ पुस २०८०, १९ : ०७
शनिबार, ०७ पुस २०८०

धनकुटा । जनता समाजवादी पार्टी (जसपा) नेपालको धनकुटा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिव डम्बर कटवाल, उपसचिव नारायण जुन राई, कमल भण्डारी र  कोषाध्यक्ष नाचुराम राई चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज आरसी तुम्बालगायत उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप