सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि : डब्लुएचओ
शनिबार, ०७ पुस २०८०, २२ : ५०
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ ।
जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ । डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको बताएको छ ।
डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । यसको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण