टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा टोटनह्याम एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
यो हारसँगैएभर्टन भने तालिकाको १६ औँ स्थानमा छ । घरेलु मैदानमा टोटनह्यामले नवौँ मिनेटमा अग्रता लिएको थियो । रिचार्लिसनले बेरनन जोनसनको पासमा गोल गर्दै अग्रता लिएको हो । १८ औँ मिनेटमा सन हिउङ मिनले अग्रता दोब्बर बनाए ।
तर, ८२ औँ मिनेटमा एभर्टनका लागि आन्ड्रे गोमेसले गोल गर्दै अन्तर २–१ मा झारे पनि हार टार्न पर्याप्त भएन । प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ३–२ गोलले पराजित गरेको छ ।
यो खेलमा नटिङघम फरेस्ट २३ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । उसका विली बेलीले दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।
त्यसपछि लय विग्रता सुरुआती अग्रता लिए पनि अन्त्यमा नतिजा बर्नमाउथको पक्षमा ३–२ ले गएको थियो । बर्नमाउथ २२ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा छ भने नटिङघम फरेस्ट १४ अंकहित १७ औँ स्थानमा रहेको छ ।
त्यसैगरी लुटनले न्यूक्यासल युनाइटेडर्ला १–० गोल अन्तरले पराजित गरेको छ । लुटन जितका साथ १८ औँ स्थानमा रहँदा न्यूक्यासल भने सातौँ स्थानमा रहेको छ ।
यस्तै, बर्नलेले फुलह्यामलाई २–० गोल अन्तरले स्तब्ध बनाएको छ । बर्नले १९ औँ स्थानमा रहँदा फुलह्याम १२ औँ स्थानमा रहेको छ । यसैगरी वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदै तालिकामा सुधार गरेको छ । वेस्टह्याम छैटौँ स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड आठौँ स्थानमा धकेलिएको छ ।
प्रिमियर लिगमा आज आइतबार एक खेल हुने भएको छ । आज वुल्भ्स र चेल्सी आमने सामने हुने छन् । चेल्सी २२ अङ्कका साथ तालिकाको दसौँ स्थानमा रहँदा वुल्भ्स १९ अङ्कका साथ १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण