कोशीले मधेश प्रदेशलाई दियो १३० रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको हो ।
कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ५७ रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ६४ बलको सामना गरी नौ चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर अप्सरी बेगमले पनि ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौका प्रहार गरिन् ।
यसैगरी सबनम राईले टोलीको खातामा अविजित १६ रन थपिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल आठ बलमा दुई चौका हिर्काइन् । लकिता राजवंशीले ६ र नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । कोशीले अतिरिक्त रुपमा पनि नौ रन पायो ।
ओपनर काजल श्रेष्ठ भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । मधेश प्रदेशकी बलर मीना महतोले दुई विकेट लिइन् । पूजा महतो र सरस्वती कुमारीले पनि एक–एक विकेट हात पारे । मधेश प्रदेश यसअघि खेलेको दुबै खेलमा पराजित भएको थियो । कोशीले भने यसअघि आफूले खेलेको दुबै खेलमा जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण