शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नवनिर्वाचित भारतीय कुस्ती संघलाई निलम्बन गर्ने सरकारको घोषणा

आइतबार, ०८ पुस २०८०, १३ : २८
आइतबार, ०८ पुस २०८०

नयाँ दिल्ली । केन्द्र सरकारको खेलकुद मन्त्रालयले नवनिर्वाचित भारतीय कुस्ती संघलाई निलम्बन गरेको घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार यो निलम्बन अर्को आदेश नभएसम्म लागू हुनेछ।

समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘नवनिर्वाचित अध्यक्ष सञ्जय सिंहले गोन्डाको नन्दिनी नगरमा अन्डर–१५ र यू–१८ ट्रायल आयोजना गर्ने घोषणा गरेपछि केन्द्रीय खेलकुद मन्त्रालयले कुस्ती महासंघको नवनिर्वाचित कार्यकारिणीलाई निलम्बन गरेको छ।’

सरकारको यो निर्णयपछि दुई दिनअघि सरकारलाई आफ्नो पद्मश्री पुरस्कार फिर्ता गर्ने बजरंग पुनियाले खुसी व्यक्त गरेका छन् । एक च्यानलसँगको कुराकानीमा उनले यस निर्णयमा भने,  ‘जुन पनि निर्णय भएको छ, यो एकदम सही निर्णय हो । हाम्रा दिदीबहिनी र छोरीहरूमाथि अत्याचार गर्नेहरूलाई महासंघबाट हटाउनुपर्छ।’

एक निजी च्यानलसँग कुरा गर्दै विनेश फोगाटले भने, ‘यो राम्रो खबर हो । हामी यो पोस्टमा महिला आओस् भन्ने चाहन्छौँ ताकि महिलाहरू अगाडि बढ्नुपर्छ भन्ने सन्देश जान्छ। राम्रो मान्छे आउनुपर्छ। यसअघि शनिबार साक्षी मलिकले संघको निर्णयमा आपत्ति जनाउँदै ट्वीट गरेकी थिइन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप