अस्ट्रेलियालाई हराउँदै भारतीय महिला क्रिकेट टोलीले रच्यो इतिहास
मुम्बई । भारतीय महिला क्रिकेट टोलीले टेस्ट प्रतियोगिताको एक मात्र खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इतिहास रचेको छ । अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीको यो पहिलो जित हो।
मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यो टेस्ट जितका लागि भारतले दोस्रो इनिङ्समा ७५ रन मात्र जोड्नु परेको थियो । यो लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गर्यो ।
यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा २१९ रन बनाएको थियो जसको जवाफमा भारतले ४ सय ६ रन बनाएको थियो । अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६१ रन मात्र बनाउन सक्यो ।
भारतका लागि पहिलो इनिङ्समा तीन विकेट र दोस्रो इनिङ्समा चार विकेट लिने स्मृति राना यस खेलको उत्कृष्ट खेलाडी घोषित भइन् ।
गत हप्ता पनि भारतले एक मात्र टेस्टमा इंग्ल्याण्डलाई ३४७ रनले पराजित गर्दै इतिहास रचेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण