आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट ट्राभल्समा छुट अफर

आइतबार, ०८ पुस २०८०, १५ : २८
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना  हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीन बर्षका लागि आइतबार सम्झौता भएको हो । 
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले  हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले  दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका (२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा  विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।

 यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ  । जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप