प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट ट्राभल्समा छुट अफर
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीन बर्षका लागि आइतबार सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका (२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।
यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण