सुदूरपश्चिमको दोस्रो जित, कर्णाली प्रदेशको लगातार तेस्रो हार
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा सुदूरपचिम प्रदेशले कर्णाली प्रदेशलाई ८१ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो दोस्रो जित हो । एक खेलमा भने सुदूरपश्चिम प्रदेश पराजित भएको थियो । तीन खेल खेलेको कर्णाली प्रदेशको भने यो लगातार तेस्रो हार हो ।
टस जिती पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले अविजित ७८ रनको योगदान गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले केवल ५० बलको सामना गरी एक छक्का र १० वटा चौका पनि हिर्काएकी थिइन् ।
रेवती धामीले पनि टोलीका लागि अविजित २२ रनको योगदान गरिन् । उनले २४ बलमा दुई चौका प्रहार गरिन् । सम्झना खड्काले ११ र कप्तान रितु कनौजियाले १० रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २० रन पायो । कर्णाली प्रदेशकी बलर अञ्जु गुरुङले दुई विकेट लिइन् । यमुना थारु र रश्मी खड्काले पनि एक–एक विकेट हात पारे ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशका लागि कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । तृषणा विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । उनले ३५ बलमा चार चौका प्रहार गरिन् ।
अञ्जु गुरुङले १० रन जोडिन् । रश्मी खड्काले पनि १० रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा १५ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर रितु कनौजिया र जानकी थापाले तीन–तीन विकेट लिए । कविता
जोशीले पनि दुई विकेट हात पारिन् । मनिषा चौधरीले एक विकेट लिइन् । उक्त खेलमा कविता जोशी प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण