साहित्यकार हितानलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
लण्डन । गैरआवासीय नेपाली सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ बेलायतका साहित्यकार विजय हितानलाई दिइने भएको छ । हितान्द्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको हो ।
वि.सं २०७९ को पुरस्कारका लागि त्यस वर्षभरि प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ लाई प्रदान गर्ने निर्णय भएको हो ।
गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाख रुपैयाँ नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए ।
आइतबार सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’ बैठकले छनौट समितिको उक्त सिफारिससँगै ‘लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको छ ।
गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।
त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।
समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ ।
पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ मा चेतनाथ आचार्यको उपन्यास‘ रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण