जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा क्षेत्रमा बढी
टोकियो । जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ ।
जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो । विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ । कुल बजेटमध्ये १ हजार २४७.७ बिलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ बिलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँच वर्षमा कुल ४३ ट्रिलियन येन पु¥याउने वाचा गरेका थिए । आर्थिक वर्ष २०२७ मा वार्षिक बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने घोषणा गरेका थिए । जापान सरकारले विदेशी कम्पनीहरूबाट इजाजतपत्रमा निर्मित हतियार र गोला बारुदको निर्यातमा प्रतिवन्धलाई आफ्नो देशहरूमा र सशर्त रूपमा तेस्रो देशहरूमा प्रतिरक्षा उपकरण र प्रविधि हस्तान्तरण र कार्यान्वयन दिशानिर्देशहरूमा परिमार्जित तीन सिद्धान्तहरू अन्तर्गत खुकुलो पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण