शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बागमतीलाई हराउन सुदूरपश्चिमले ८८ रन बनाउनुपर्ने

सोमबार, ०९ पुस २०८०, १४ : ४२
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा बागमती प्रदेशलाई हराउन सुदूरपश्चिम प्रदेशले ८८ रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको हो ।

बागमती प्रदेशका लागि ओपरन हेलिसा गुरुङले १६ रन बनाइन् । उनले १० बलमा तीन चौका पनि प्रहार गरिन् । अर्की ओपनर कञ्चन श्रेष्ठले पनि ४२ बलमा १९ रन बनाइन् । तेस्रो नम्बरकी ब्याट्र सोनी पाख्रिनले ३० बलमा एक चौकाको मद्दतले १३ रन जोडिन् ।

यशोदा बिष्ट र कप्तान अस्मिना कर्माचार्य एक–एक रन बनाउँदै आउट भए । यशु पाण्डे भने खाता खोल्नुअघि नै पेभेलियन फर्किइन् । सलिना सिलवालले १० रन र बिपिसा शाहीले नौ रन जोडे । खुशी डंगोल एक रनमा अविजित रहिन् । बागमीत प्रदेशले अतिरिक्त रुपमा १७ रन पायो ।

सुदूरपश्चिम प्रदेशका बलर कविता जोशी र लक्ष्मी साउदले दुई–दुई विकेट लिए । लक्ष्मीले चार ओभरमा ११ रन खर्चिइन् । कविताले भने चार ओभरमा १४ रन खर्चिइन् । मनिष चौधरी र जानकी थापाले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप