"/>
बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सहदेवको ‘मायालु’ बनिन् प्रियंका

सोमबार, ०९ पुस २०८०

काठमाडौँ । अघिल्लो साता हरिवंश आचार्यको मानव बेचबिखन विरुद्धको सन्देशमूलक गीत अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अभिनीत नयाँ गीत ‘मायालु’ सार्वजनिक गरिएको छ । 

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा गायक कमल मान सिंहको स्वर छ । कमल मान सिंहकै शब्द तथा संगीत रहेको गीतमा बाबु प्रधानको संगीत संयोजन छ ।

भिडियोमा प्रियंका रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन् । अभिनयमा उनलाई सहदेव चन्दले साथ दिएका छन् । चन्द नेपाल राष्ट्र बैंकका निर्देशक हुन् ।

रोमन मार्सको छायाङ्कन, सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियो गायक कमलमानले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया