राष्ट्रियसभा राजनीतिक मिटरब्याज खाने ठाउँ होइन नयाँलाई अवसर दिनुपर्छ : रञ्जित तामाङ
काठमाडौं । अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर दिन आग्रह गरेका छन् । सोमबार रातोपाटीसँग कुराकानी गर्दै उनले पटक–पटक मन्त्री भइसकेका, अवसर पाइसेकाहरूलाई फेरि पठाउन नहुनेमा उनले जोड दिएका छन् ।
‘राष्ट्रियसभालाई जागिर खाने, नेता व्यवस्थापन गर्ने ठाउँ बनाउनु हुँदैन । त्यो हामीलाई अमान्य छ । पार्टीले नयाँ मानिसलाई पठाउनुपर्छ । पार्टीमा योगदान गरेका तर अवसर नपाएका मध्येबाट कसैलाई पठाउँदा राम्रो हुन्छ’, उनले भने, ‘उम्मेदवार छान्दा आजको राजनीतिक घटनाक्रम, पार्टीको विचार, एजेण्डा, मुद्दालाई राष्ट्रियसभामा बलियोसँग उठाउन सक्नेलाई पठाउनुपर्छ । राजनीतिक मिटरब्याजको अन्त्य गर्नुपर्छ ।’
आगामी फागुन २० गते माओवादीबाट कोशी प्रदेशमा एक र सुदूरपश्चिममा दुई सिट रिक्त हुँदैछ । तर माओवादीबाट नै पूर्वमन्त्री, पूर्वसांसद, चुनावमा पराजितहरूले नै उम्मेदवारमा अकांक्षी देखाएपछि तामाङले नयाँलाई अवसर दिन नेतृत्वसँग आग्रह गरेका हुन् । माओवादीभित्र उनीमात्र नभइ नयाँलाई अवसर दिनुपर्नेमा मत बलियो बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण