जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै
सोमबार, ०९ पुस २०८०, २० : २५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरुको संगठन गठन गर्ने भएको छ । काठमाडौँमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो ।
भेलाबाट प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन भएको छ । उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित रहेका थिए । समिति गठनको लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण