अमेरिकामा रहेका नेपालीहरूले यसरी मनाए क्रिसमस (तस्बिरहरू)
अमेरिकाका विभिन्न राज्य, नगर तथा गाउँमा बसोबास गर्ने नेपालीहरूले इसाईहरूको महान् चाड क्रिसमस हर्सोउल्लास साथ मनाएका छन् । अङ्ग्रेजी वर्ष २०२३ सालको क्रिसमसलाई बिदाइ गर्दै अब अङ्ग्रेजी नयाँ वर्ष मनाउन तातेका छन् ।
विश्वव्यापी रूपमा जताततै यो क्रिसमस दिवस मनाउने परम्परा झाँगिँदै गई रहेको छ भने विश्वव्यापी रूपमा नेपालीहरूको बसाई सराई सँगै इसाई पर्व अत्यन्तै धूमधाम मनाउन थालिएको छ ।
यसै क्रममा अमेरिकामा ५० वटै राज्यहरूमा बसोबास गर्ने नेपालीहरूले आफ्ना सन्तानसँगै पहिलो पुस्ताले पनि उल्लासमय रूपमा मनाएका छन् । सामाजिक सञ्जालका पर्खाल र भित्ता क्रिसमस मनाईएका र मनाउँदै गरेका अनगिन्ती तस्बिरहरू प्रकाशित भएका छन् ।
त्यति मात्र नभई रातो रङ्ग विशेषका पोसाक सहित विभिन्न प्रकारका उनीका टोपी सहित सेन्टा क्लज समेत बनेर आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन् । अधिकांश नेपाली समुदायहरूले सामाजिक सञ्जालमा क्रिसमस हर्षोल्लास मनाई रहेका तस्बिरहरू हाल्ने क्रम अझै जारी राखेका छन् ।
अमेरिकामा एक राज्य देखि अन्य केही राज्यहरूमा १ देखि ३ घण्टा सम्मको समय फरक हुनाले क्रिसमस मनाउने क्रम जारी रहेको छ । अमेरिकामा क्रिसमस सोमबार परेको छ भने पूर्व सन्ध्या देखि नै क्रिसमस बेजोड रूपले मनाएका छन् । अमेरिकामा अचेल ३ पुस्ताहरू जताततै देखिने हुनाले खुसी साथ मनाई रहेका छन् ।
अमेरिकामा विभिन्न इसाई मन्दिरहरूमा पादरी समेत नेपाली मूलका रहेका छन् भने केही राज्यहरूमा इसाई गिर्जाघर नै आफैले समेत सञ्चालनमा ल्याएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण