क्रिसमसमा प्रयोग हुने वस्तुको आयातमा १३ करोड बाहिरियो
काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ‘क्रिसमस फेस्टिभल’मा प्रयोग हुने वस्तुको आयातमा साढे १३ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १३ करोड ७६ लाख रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने वस्तुको आयात भएको हो ।
विभागका अनुसार यस अवधिमा क्रिसमस फेस्टिभलमा प्रयोग हुने प्लास्टिकका ट्रीको आयातमा नै ८ करोड २० लाखभन्दा धेरै बाहिरिएको छ । जबकि, यो वर्षको क्रिसमसमा काठमाडौँ महानगरका मेयर बालेनले यस प्रकारका ट्रीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।
यस्तै, क्रिसमसमा प्रयोग हुने विभिन्न बत्ती आयातमा ४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्क छ । यस्तै, क्रिसमसमा प्रयोग हुने अन्य प्रकारका वस्तुको आयातमा १ करोड १३ लाख रुपैयाँ बाहिरिएको छ ।
क्रिसमसमा प्रयोग हुने वस्तुको आयात अधिकांश मात्रामा चीन र भारतबाट आउने गरेको विभागको तथ्याङ्क छ । विभागका अनुसार चीनबाट मात्रै ७ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको क्रिसमस ट्री भित्रिएको छ । यस्तै, भारतबाट ६३ लाख रुपैयाँको भित्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण