पाँच महिनामा कुन देशबाट कति आयो सेनिटरी प्याड ?
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा चीन, भारत, पाकिस्तान लगायत मुलुकबाट ५६ करोड रुपैयाँ बढीको सेनिटरी प्याड आयात भएको छ ।
भन्सार विभागका अनुसार ५६ करोड ६३ लाख ९५ हजार रुपैयाँको ८ करोड ८१ लाख ६९ हजार ६५ पिस सेनिटरी प्याड आयात भएको हो । सरकारले भारतबाट सबैभन्दा धेरै ४३ करोड ९४ लाख ६७ हजार रुपैयाँको ५ करोड ४ लाख ६६ हजार ९ सय ३४ वटा सेनिटरी प्याड आयात गरेको छ । चीनबाट १२ करोड ६७ लाख २ हजार रुपैयाँको ३ करोड ७६ लाख ६२ हजार ७ सय १७ वटा प्याड ल्याएको छ ।
यस्तै, पाकिस्तानबाट १ लाख ८० हजार रुपैयाँको ३९ हजार वटा सेनिटरी प्याड आयात गरिएको भन्सार विभागले जनाएको छ । अन्य मुलुकबाट ४६ हजार रुपैयाँको ४ सय १४ वटा सेनिटरी प्याड आयात गरिएको छ । सो बापत सरकारले १० करोड ६६ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्ष पाँच महिनामा सरकारले ४० करोड ५२ लाख ७८ हजार रुपैयाँको ४ करोड ९६ लाख वटा सेनिटरी प्याड आयात गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण