बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पाँच महिनामा कुन देशबाट कति आयो सेनिटरी प्याड ?

मङ्गलबार, १० पुस २०८०, १९ : ०२
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा चीन, भारत, पाकिस्तान लगायत मुलुकबाट ५६ करोड रुपैयाँ बढीको सेनिटरी प्याड आयात भएको छ । 

भन्सार विभागका अनुसार ५६ करोड ६३ लाख ९५ हजार रुपैयाँको ८ करोड ८१ लाख ६९ हजार ६५ पिस सेनिटरी प्याड आयात भएको हो । सरकारले भारतबाट सबैभन्दा धेरै ४३ करोड ९४ लाख ६७ हजार रुपैयाँको ५ करोड ४ लाख ६६ हजार ९ सय ३४ वटा सेनिटरी प्याड आयात गरेको छ । चीनबाट १२ करोड ६७ लाख २ हजार रुपैयाँको ३ करोड ७६ लाख ६२ हजार ७ सय १७ वटा प्याड ल्याएको छ । 

यस्तै, पाकिस्तानबाट १ लाख ८० हजार रुपैयाँको ३९ हजार वटा सेनिटरी प्याड आयात गरिएको भन्सार विभागले जनाएको छ । अन्य मुलुकबाट ४६ हजार रुपैयाँको ४ सय १४ वटा सेनिटरी प्याड आयात गरिएको छ । सो बापत सरकारले १० करोड ६६ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

गत वर्ष पाँच महिनामा सरकारले ४० करोड ५२ लाख ७८ हजार रुपैयाँको ४ करोड ९६ लाख वटा सेनिटरी प्याड आयात गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप