जसपाको बैठकमा साङ्गठनिक प्रस्तावमाथि छलफल
मङ्गलबार, १० पुस २०८०, २० : १५
काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावउपर छलफल भएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो । खासगरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण