अपराध
स्वर्णकारका हत्यामा संलग्न पक्राउ गर्न प्रहरीले चलायो गोली
मुख्य अभियुक्त नियन्त्रणमा
बुधबार, ११ पुस २०८०, ०८ : २२
बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।
स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः उनलाई मंगलवार राति करिब ९ बजे २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जनाएका छन् । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।
विश्रामपुर गाउँपालिका वडा नं. ३ मा देखिएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक काफ्लेले जनाएका छन् । सिंहको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण