अपराजित आर्मीसँग एपीएफको केही लागेन
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा आर्मीमात्र अपराजित टोली हो । आर्मीले हालसम्म आफूले खेलेका पाँचवटै खेलमा जित हात पारेको छ । चौथो खेल खेलेको एपीएफ क्लबको भने यो तेस्रो हार हो । एपीएफ क्लबले एक खेलमा भने जित हात पारेको छ ।
वीरगञ्जस्ति नारायणी रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनाएको हो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १९ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।
एपीएफ क्लबका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक २९ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३३ बलमा एक छक्का र एक चौका पनि हिर्काए । लोकेश बमले १६ रन जोडे । त्यसअघि ओपनर आसिफ शेखले १२ रन बनाएका थिए ।
एपीएफ क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मी क्लबका बलर कुशल मल्ल एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १८ रन खर्चिए । सोमपाल कामी, अविनाष कर्ण, साहब आलम, बसिर अहमद र बिवेक यादबले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले ३२ रनको योगदान गरेका थिए । उनले ३१ बलमा एक छक्का दुई चौका पनि हिर्काए । कप्तानसमेत रहेका अर्का ओपनर विनोद भण्डारी १० रनमै पेभेलियन फर्किए ।
रोहित पौडेल दुई र विवेक यादब नौ रनमा आउट भए । पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले २२ रन बनाए । उनले २३ बलमा एक छक्का र एक चौका पनि हिर्काए । भीम सार्की चार रनमै आउट भए भने सन्दीप रजालीले १६ रन बटुले ।
सोमपाल कामी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । बसिर अहमद पाँच र साहब आलम चार रनमा अविजित रहे । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १० रन पायो । एपीएफ क्लबका बलर अमर रौतेला सबैभन्दा प्रभावकारी देखिए । उनी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा ११ रन खर्चिए । हरिशंकर शाहले पनि दुई विकेट हात पारे । अविनोष बोहराले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण