‘काजी’ को तयारीमा वर्षा
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदै छ । फिल्मको कथा र आफ्नो भूमिका मन परेकोले काजीमा जोडिएको उनी बताउँछिन् ।
केही अगाडिसम्म उनको हातमा कुनै पनि नयाँ फिल्म थिएन । अहिले भने केही फिल्म छन् । जसको स्क्रिप्ट अध्ययनको क्रममा छिन् ।
वर्षाको एक समय धेरै फिल्म आएको थियो । पछिल्लो समय उनको फिल्म कमी छ । पारिवारिक उतारचढावमा उनी केही समय फिल्मबाट बाहिर रहिन् ।
पछिल्लो समय वर्षाको फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । फिल्मले प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल भयो । केही साता अगाडि रिलिज भएको फिल्म ‘दुई कदममा’मा पनि उनी आइटम गीतमा देखिएकी थिइन् । अव भने लगातार फिल्म अभिनय गर्ने उनको सोच छ ।
काजी लक्ष्मण रिजालले निर्देशन गर्न लागेको फिल्म हो । विपिन कार्कीको पनि मुख्य भूमिका रहने फिल्मको छायाङ्कन माघबाट हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण