सुदूरपश्चिम प्रदेशको चौथो जित, मधेश प्रदेशको चौथो हार
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो चौथो जित हो । एक खेलमा भने सुदूरपश्चिम प्रदेश पराजित भएको थियो । पाँच खेल खेलेको मधेश प्रदेशको भने यो चौथो हार हो । एक खेलमा मधेश प्रदेश विजयी भएको थियो ।
टस जिती पहिले ब्याटिङ राजेको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १९.५ ओभरमा पाँच विकेट गुमाएर ८६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
सुदूरपश्चिम प्रदेशको जितमा ओपनर सम्झना खड्काले २१ र तेस्रो नम्बरकी ब्याटर कविता जोशीले २६ रनको योगदान गरिन् । सम्झनाले १९ बलमा तीन चौका तथा कविताले ३८ बलमा एक छक्का र तीन चौका हिर्काएकी थिइन् । रुबी पोद्दारले पनि अविजित १० रन बनाइन् । मधेश प्रदेशका बलर साक्षी यादब र कविता गौतमले दुई–दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशका लागि ओपनर पूजा महतोले २७ रन बनाइन् । सना प्रविनले अविजित १९ रन जोडिन् । रोजी कडारीले १० रन बनाइन् । सुदूरपश्चिम प्रदेशकी बलर लक्ष्मी साउद एक्लैले चार विकेट लिइन् । जानकी थापा र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण