लुम्बिनीमाथि बागमतीको रोमाञ्चक जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित हो ।
दुई खेलमा भने बागमती प्रदेश पराजित भएको छ । समान पाँच खेल खेलेको लुम्बिनी प्रदेशको भने यो तेस्रो हार हो । लुम्बिनी प्रदेशले दुई खेलमा भने जित हात पारेको छ । टस जिती ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो । बागमती प्रदेशको जितमा ओपनर हेलिसा गुरुङले ४६ रनको योगदान गरिन् । उनले ४५ बलमा एक छक्का र चार चौका हिर्काइन् ।
यसैगरी यशु पाण्डेले अविजित १२ रन जोडिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा १५ रन पाएको थियो । लुम्बिनी प्रदेशकी बलर सर्मिला रोक्काले तीन विकेट लिइन् ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । कमला जीएमले अविजित २० रन जोडिन् । सरस्वती पुनले १७ रन थपिन् । लक्ष्मी चौधरीले ११ रन बनाइन् । बागमतीकी बलर अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण