जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन नोटिश जारी गर्न पत्राचार
काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ । जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा पत्राचार गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सो नोटिश जारी हुन्छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखालाई पुस ५ मा पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतका अनुसार एनसिबी काठमाडौँले इन्टरपोल महासचिवालयलाई पत्राचार गरिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भुपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध डिफ्युज जारी गर्न पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण