मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन नोटिश जारी गर्न पत्राचार

बुधबार, ११ पुस २०८०, २० : ३५
बुधबार, ११ पुस २०८०

काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गर्न प्रहरीले प्रक्रिया थालेको छ । जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा पत्राचार गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सो नोटिश जारी हुन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखालाई पुस ५ मा पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतका अनुसार एनसिबी काठमाडौँले इन्टरपोल महासचिवालयलाई पत्राचार गरिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भुपेन्द्र राई  र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध डिफ्युज जारी गर्न पत्राचार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप