मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०२३ मा भारतीय फिल्मले कमाए १ खर्ब १७ अर्ब ३० करोड भारु

बिहीबार, १२ पुस २०८०, १० : ४९
बिहीबार, १२ पुस २०८०

नयाँ दिल्ली । भारतीय फिल्म उद्योगका लागि सन् २०२३ शानदार रह्यो । यो वर्ष रिलिज भएका फिल्महरूले करिब १ खर्ब १७ अर्ब ३० करोड भारुको रेकर्डतोड कमाई गरेका छन् । यस वर्ष टप ५ फिल्मले मात्रै बक्स अफिसमा ४३ अर्ब ८६ करोड भारु कमाए । एडल्ट फिल्ममा पनि यो वर्ष नयाँ ट्रेन्ड देखियो । एडल्ट फिल्मको सर्टिफिकेट पाएका ४ फिल्मले १८ अर्ब ७५ करोड भारु कमाए ।

यो वर्ष शाहरुख खानको लागि निकै भाग्यशाली साबित भयो । यो वर्ष तीन वटा फिल्म आएकोमा २ ओटा फिल्म ब्लकबष्टर रहे । गदर २ मार्फत सनी देओलले पनि शानदार कमब्याक गरे । एनिमले रणवीर कपूरलाई त यंग सुपरस्टारकै रूपमा स्थापित गरिदियो । यो फिल्मबाट बबी देओलको भाग्य पनि चम्कियो । आलिया भट्ट, दीपिका पादुकोण, कियारा आडवाणीको फिल्म पनि हिट रह्यो ।

कोरोनाकाल सुरु भएयता यो वर्ष भारतीय फिल्म उद्योगले सबैभन्दा धेरै कमाइ गर्‍यो । २०२२ मा बक्स अफिसको कलेक्सन १ खर्ब ६ अर्ब ३७ करोड भारु थियो । २०२३ मा यो आँकडा १० अर्ब ९३ करोड रुपया बढी रह्यो । यो वर्षको कलेक्सनले कोभिडको बेलाको घाटाबाट फिल्म उद्योग पूरै उब्रिएको देखाएको  छ ।

कोभिडको बेलामा लकडाउनका कारण डेढ खर्ब भारु घाटा भएको थियो । यो वर्ष धेरै कमाउने ५ फिल्ममा ४ वटा हिन्दी फिल्म छन् । यो सूचीमा शाहरुखको जवान र पठान, रणवीरको एनिमल, सनीको गदर २ र विजय थलपतिको लियो छन् । ६ ओटा फिल्म ५०० करोड क्लबमा छिरेका छन् । प्रभासको सालार सातौँ फिल्म बन्ने क्रममा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप