शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट

सुदूरपश्चिमलाई हराएपछि कोशीको अघिल्लो चरणको यात्रा पक्का

बिहीबार, १२ पुस २०८०, १२ : ३९
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको कोशी प्रदेशको यो पाँचौँ जित हो । एक खेलमा कोशी पराजित भएको थियो ।

यसैगरी ६ खेल खेल खेलेको सुदूरपश्चि प्रदेशको यो दोस्रो हार हो । चार खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ । जितसँगै कोशी प्रदेश प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने निश्चित भएको छ । यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले १७.४ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

कोशी प्रदेशका लागि दुई ब्याट्रले अर्धसतकीय पाली खेले । कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाइन् । ओपनर रुबिनाले ५५ बलमा एक छक्का र आठ चौका पनि हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले ५४ रन जोडिन् । उनले ४८ बलमा आठ चौका हिर्काइन् ।

सुदूरपश्चिकी बलर अनु कडायतले दुई विकेट लिइन् । त्यसअघि सुदूरपश्चिमका लागि ओपनर बिन्दू रावलले ३३, सम्झना खड्काले २७, कविता जोशीले अविजित २६ र रेवती धामीले अविजित २० रन बनाएका थिए । कोशीका बलर सबनम राई र अप्सरी बेगमले एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप