पूजा महतोको अर्धशतकसँगै मधेशले लुम्बिनी प्रदेशलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो ।
चार खेलमा भने मधेश प्रदेश पराजित भएको छ । ६ खेल खेलेको लुम्बिनी प्रदेशले पनि दुई खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने १८.५ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
मधेश प्रदेशको जितमा ओपनर पूजा महतोले अविजित ६० रनको योगदान गरिन् । उनले ५९ बलमा पाँच चौका पनि प्रहार गरिन् । अनुराधा चौधरीले १७ रन जोडिन् । सरस्वती कुमारीले अविजित १२ रन बनाइन् । लुम्बिनीका बलर कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ६४ बलमा दुई छक्का र आठ चौका प्रहार गरिन् । कप्तान सरस्वती जीएमले १० रन जोडिन् । मधेश प्रदेशका बलर साक्षी यादवले दुई तथा पूजा महतो, आरती महतो र कविता गौतमले एक–एक विकेट लिए । पूजा महतो प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण