‘ह्रस्व दीर्घ’ मा जोडिए साउथ भिलेन कबीर दुहान
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला चितवनको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्म सेटमा अभिनेत्री बिपना थापा बुधवार ज्वाइन भइसकेकी छन् ।
यस्तैमा फिल्ममा साउथ (दक्षिण भारतीय) अभिनेता कबीर दुहान सिंहको पनि भित्रिएका छन् । अभिनेत्री तथा फिल्मकी निर्माता निता ढुङ्गानाले सिंह फिल्ममा भित्रिएको जानकारी दिएकी हुन् ।
सिंह तेलुगू, तमिल र कन्नड फिल्ममा नेगेटिभ भूमिकामा देखिँदै आएका छन् । ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जन बढी फिल्म उनको अभिनय छ ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार सिंहको अलवा ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्मा पनि रहनेछन् । नेपालीमा भने निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकारलगायतको अभिनय रहनेछ ।
पहिलो चरणको छायाङ्कन भारतस्थित रामोजी फिल्म सिटीमा गरेको फिल्मले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको हो । फिल्मलाई भारतका विभिन्न भाषामा स्वराङ्कन गराउने तयारी छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुने फिल्म नेपालमा भने यो वर्षको अन्त्यमा ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण