स्वास्थ्य अनुकूलन योजनाका लागि सुझाव उपलब्ध गराउन मन्त्रालयको आग्रह
बिहीबार, १२ पुस २०८०, १६ : ३०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना (२०८०–०८७) का लागि राय सुझाव उपलब्ध गराउन सूचना जारी गरेको छ । सरोकारवाला विज्ञ, सर्वसाधारण व्यक्ति वा संघ संस्थाहरुलाई एक हप्ताभित्र राय सुझाव पठाउन आग्रह गरेको हो ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै सो आग्रह गरेको हो । पहिलो चरणको राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०७२ देखि २०७७ सम्म कार्यान्वयन भइसकेको छ । सो योजनाबाट प्राप्त भएका सिकाई भोगाइबाट राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०– २०८७ को मस्यौदालाई अन्तिम रूप दिनका लागि कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सरोकारवाला निकायको सहकार्य र सहभागितामा सो योजना तयार गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण