आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य अनुकूलन योजनाका लागि सुझाव उपलब्ध गराउन मन्त्रालयको आग्रह

बिहीबार, १२ पुस २०८०, १६ : ३०
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना (२०८०–०८७) का लागि राय सुझाव उपलब्ध गराउन सूचना जारी गरेको छ । सरोकारवाला विज्ञ, सर्वसाधारण व्यक्ति वा संघ संस्थाहरुलाई एक हप्ताभित्र राय सुझाव पठाउन आग्रह गरेको हो । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै सो आग्रह गरेको हो । पहिलो चरणको राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०७२ देखि २०७७ सम्म कार्यान्वयन भइसकेको छ । सो योजनाबाट प्राप्त भएका सिकाई भोगाइबाट राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०– २०८७ को मस्यौदालाई अन्तिम रूप दिनका लागि कार्य भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सरोकारवाला निकायको सहकार्य र सहभागितामा सो योजना तयार गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप