मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड सरकार थप गतिशील बन्नुपर्छ : सांसद सापकोटा

बिहीबार, १२ पुस २०८०, १६ : ४१
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रचण्ड नेतृत्वको वर्तमान सरकार आउँदो समय थप गतिशील बन्नुपर्ने बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ भनिएका  दलहरूको स्टन्ट र हल्ला धेरै समय नटिक्ने ठोकुवासमेत गरेका छन् ।

सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घट्टै जानु र विदेशी सम्बन्ध बलियो बन्नु वर्तमान सरकारको सफलताको आधार भएको धारणा राखे ।

 परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाए जस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताउँदै भने,“राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको, व्यापार घाटा क्रमशः सुधार हुँदै गएको, भारतसँग ऐतिहासिक विद्युत् व्यापार सम्झौता लगायतले प्रस्ट हुन्छ कि प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो ।”

‘नेपाल आयल निगम र नेपाल एयरलाइन्सले व्यापार घाटालाई कम गर्दै लगेको र विद्युत् प्राधिकरण नाफामा जानुका साथै सरकार अधीनस्थ संस्थानहरूले ज्यादा राजश्व संकलन गर्नुले यो एक वर्ष सफल छ’, सापकोटाले थपे ।

सुशासनको कुरा गर्ने वर्तमान सरकार, शरणार्थी, ललिता निवास र सुन प्रकरणमा मुछिएका व्यक्तिहरू छुट्ने कुरा के हो, भन्ने प्रश्नमा उनले भने, ‘सरकार पुरै सत्ता हो, भन्ने भ्रम त्याग्नु पर्छ, न्यायालयले कानुनी रित पुर्‍याएर तारिकमा छाड्ने वित्तिकै सकियो भन्ने होइन, त्यसमा सरकार दोषी छ भन्ने पनि होइन, समातिएका जति सबैलाई जेलै कोच्नु पर्छ, भन्ने मानसिकता पनि सत्य होइन नि ।’

सापकोटाले सुशासनको कुरा भनेको मानिसलाई पक्रेर थुन्ने मात्रै नभएर समय अनुसार प्रशासनिक निकायलाई चुस्त र दुरुस्त राख्नु पनि भएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप