पुलिस क्लबले भारतको वन्डर्स क्लब अफ नोएडालाई दियो ११३ रनको लक्ष्य
शुक्रबार, १३ पुस २०८०, १५ : १८
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले भारतको वन्डर्स क्लब अफ नोएडालाई ११३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनाएको हो । पुलिस क्लबका लागि अर्जुन साउदले सर्वाधिक ४२ रन बनाए भने सुनिल धमलाले ३४, दिलिप नाथले १० रनको योगदान गरे ।
बलिङतर्फ वन्डर्स क्लब अफ नोएडाका अल्पित गुप्ताले दुई, सन्जीव चतुर्वेदी, रितिक भाट्स र दिवान्स रावतले एक–एक विकेट लिए ।
यो खेलको विजेताले फाइनलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्सा क्लब–११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीलाई सेमिफाइनलमा पराजित गर्दै यसअघि पर्सा क्लब–११ ले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण