दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला
शुक्रबार, १३ पुस २०८०, २२ : ०४
बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला प्रहरीले जनाएको छ।
केसी पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिँडेको र सोहि दिन नै उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यलय दाङका एसपी रामबहादुर केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण