आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला

शुक्रबार, १३ पुस २०८०, २२ : ०४
शुक्रबार, १३ पुस २०८०

बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला प्रहरीले जनाएको छ।  

केसी पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिँडेको र सोहि दिन नै उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यलय  दाङका एसपी रामबहादुर केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप