कलेजो प्रत्यारोपणमा केन्द्र आत्मनिर्भर बन्दै

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हप्तामा २ वटा कलेजो र ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ ।
गत आइतबार र सोमबार भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले तथा सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएकी थिइन । कलेजो दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ ।
वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले मिति २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकहरूको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात् भएका कलेजो प्रत्यारोपण
सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा हुँदै आएको छ ।
पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको केन्द्रका कार्यकारी निर्देश कडापुकार चन्द्र श्रेष्ठले बताए ।
देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण भई सकेको र केही हप्तामै ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।
त्यस्तै केन्द्र स्थापनाको ११ वर्ष अवधिमा १ हजार १७२ जनाको मिर्गौला प्रत्यारोपण समेत भई सकेको छ । केन्द्रले अंगदान गर्न र मस्तिष्क मृत्यु पश्चात् प्राप्त हुने अंगप्रत्यारोपण कार्य सुचारु गर्न सबैमा अनुरोध गर्दै मिर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी केन्द्रको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत आग्रह गरेको छ ।
हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रको लागि ५०० शय्याको अत्याधुनिक भवन बनाउने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु