आम जनता पार्टीले भन्यो– बालकुमारी घटना खेदजनक छ, पीडित परिवारलाई तत्काल राहत देऊ
शनिबार, १४ पुस २०८०, ११ : ००
काठमाडौँ । आम जनता पार्टीले बालकुमारी घटना खेदजनक रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्षले राज्यको बेतिथिबाट पीडित भएका युवाहरू आफ्नो हकका लागि आन्दोलन गर्दा युवकमाथि गोली प्रहार भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाका छन् ।
विज्ञप्तिमा भनिएको छ–'अन्यायमा परेका बेरोजगार युवाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भर्त्सना गरे कमै हुन्छ । मन्त्रीको गाडीमा आगलागी गरे बापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मति भ्रष्ट भएको पुष्टि गर्दछ । '
अध्यक्ष शाहले पीडित परिवारलाई तत्काल राहत स्वरूप आवश्यक क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण