नयाँ वर्ष लक्षित फेवा तालमा डुंगा प्रतियोगिता, तस्बिरहरु
पोखरा । पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फको प्रतिष्पर्धामा स्विमङपुल घाट ए विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोस्रो र तेस्रो भए । विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी संस्थागत तर्फको प्रतिष्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेस्रो स्थान हासिल गर्यो । उनीहरुलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक विरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशम बहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १०, ७ तथा ५ हजार नगद पुरस्कार हात पारे । वेटेर्सतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मी तिहारी तेस्रो भइन् । उनीहरुले क्रमशः ७, ५ तथा ३ हजार नगद पुरस्कार जिते । उनीहरुलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्वअध्यक्ष बलराम पहारी लगायतकाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ ।
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
_5dQrgvB9qD.jpg)
_HPo7qWBMmM.jpg)
_xmJRpjclYJ.jpg)
_zNpKjEeKVu.jpg)
_YD1jyjNNJa.jpg)
_t9Q2WIZZ64.jpg)
_tWK473Z6op.jpg)
_ZoXeZE95t2.jpg)
_gLbxFEjvI7.jpg)
_3Sb6wR7R9M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण