सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष लक्षित फेवा तालमा डुंगा प्रतियोगिता, तस्बिरहरु

शनिबार, १४ पुस २०८०, १५ : ३९
शनिबार, १४ पुस २०८०

पोखरा । पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।

 रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फको प्रतिष्पर्धामा स्विमङपुल घाट ए विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोस्रो र तेस्रो भए । विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

यसैगरी संस्थागत तर्फको प्रतिष्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेस्रो स्थान हासिल गर्‍यो । उनीहरुलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक विरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशम बहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १०, ७ तथा ५ हजार नगद पुरस्कार हात पारे । वेटेर्सतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मी तिहारी तेस्रो भइन् । उनीहरुले क्रमशः ७, ५ तथा ३ हजार नगद पुरस्कार जिते । उनीहरुलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्वअध्यक्ष बलराम पहारी लगायतकाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 

सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

boat (1)boat (2)boat (3)boat (4)boat (5)boat (6)boat (7)boat (8)boat (9)boat (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप