बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाप्रति दुःख व्यक्त गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना युवकको ज्यान गएको थियाे ।
जसपाले बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकाे छ । जसपाका प्रवक्ता मनिष सुमनले शनिबार एक विज्ञप्ति जारी गर्दै देशभित्रै रोजगारी सृजना गर्न नसक्नु राज्यको कमजोरी भएको बताएका छन् । रोजगारको माग गर्ने युवामाथि दमन गर्नु र नागरिकको हत्या गर्नु झन् दुःखद कार्य भएको उनले बताए ।
जसपाले पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ईपीएस परीक्षामा आवेदन दिन नपाउने भनी कसले र किन निर्णय गरेको थियो ? उक्त घटना कसरी घट्न गयो ? उक्त घटनासँग जोडिएको समग्र विषयको सत्य, तथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न जसपा नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण