बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले तय गर्‍यो राजनीतिक र केन्द्रीय समिति बैठकका कार्यसूची

शनिबार, १४ पुस २०८०, १७ : ३६
शनिबार, १४ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूची निर्धारण गरिएको छ । 

जसअनुसार सदस्यहरुले आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ ।

त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ । सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ ।

बालकुमारीको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन  सदस्यहरुलाई अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप