आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

शनिबार, १४ पुस २०८०, १८ : ३२
शनिबार, १४ पुस २०८०

तनहुँ । बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । 

उनले भने, “उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छाैँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप