शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
तमु ल्होसारको अवसरमा उल्लासमय बन्यो काठमाडौँ (तस्बिरहरू)
चाडपर्व

तमु ल्होसारको अवसरमा उल्लासमय बन्यो काठमाडौँ (तस्बिरहरू)

आइतबार, १५ पुस २०८०

काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग  ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।  हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । 

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया