राष्ट्रियसभाका लागि हुम्लाबाट माओवादीका डा. दीपेन्द्र रोकाया एकल सिफारिस
सुर्खेत । माघमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले डा.दीपेन्द्र रोकायालाई एकल रुपमा सिफारिस गरेको छ । आइतबार बसेको बैठकले रोकायालाई सिफारिस गरेको हो ।
माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा कर्णालीबाट माओवादी कोटामा हुने खुल्ला प्रतिनिधिका लागि हुम्लाले दाबी गरेको छ । हुम्लाबाट अहिलेसम्म अनिवार्य निर्वाचित हुने बाहेको स्थानमा कुनै पनि भूमिका पाएको छैन ।
जिल्लाको ऐतिहासिकता, निरन्तरता, संघर्ष, जनआधार, अनुभव र विज्ञताका आधारमा एकमतका साथ डा। रोकायानै उपयुक्त भएकाले एकल रुपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ ।
पछिल्लो समय सक्षम नेता भन्दा पनि नेताहरुको अघिपछि लागेकाहरुले स्थान पाउने तर, सक्षम र संघर्षशिल नेताहरुले स्थान नपाउने हुँदा पार्टीप्रति पनि मान्छेको धारणा नकरात्मक भइरहेको छ । संसदमा पुग्दा पनि सक्षमता प्रस्तुत गर्न सक्ने नेता रोकाया भएकाले उनलाई एकल रुपमा सिफारिस गरिएको हो ।
डा. रोकाया कर्णालीको माओवादीभित्र बौद्धिक छवी भएका नेता हुन् । जनयुद्धकालमा युद्ध पत्रकारीता गरेका रोकाया यसअघि कर्णाली प्रदेश योजना आयोगको सदस्य भएर कर्णालीको पञ्चबर्षीय गुरुयोजना तयारमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।
रोकाया ०७९ मा भए प्रतिनिधि सभा नभए प्रदेश सभाको चुनाव लड्न चाहन्थे । तर, पार्टी केन्द्रको भावनालाई सम्मान गर्दै उनी व्याक भएका थिए । रोकाया माओवादीको हुम्ला जिल्ला संयोजक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण