गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्। आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गरी उपाधि हात पारेका हुन् ।
उनले रु एक लाख पुरस्कार प्राप्त गरे। यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह राउतले प्राप्त गरे । उनले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गरी रु ५० हजार पुरस्कार प्राप्त गरे । काठमाडौँको धापाखेलका अजितकुमार यादव एक घण्टा पाँच मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।
यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमा चौधरी पहिलो भइन् । उनले सो दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरिन् । यसैगरी पाँच किलोमिटर विद्यार्थीमैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भए ।
उनले निर्धारित दूरी १५ मिनेट १९ सेकेण्डमा पूरा गरी रु १० हजार पुरस्कार हात पारे । तनहुँको रिसिङका अमृत विक १५ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी दोस्रो तथा काठमाडौँको चन्द्रागिरिका अनुज महत १५ मिनेट ५५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए । उनीहरुले क्रमशः रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गरे ।
विजय फाउण्डेसन नेपालको आयोजनामा भएको गैँडाकोट हाफ म्याराथनमा २८ महिलासहित दुई सय ५० जनाले भाग लिएका थिए । पाँच किलोमिटर दौडमा एक सय ८० विद्यार्थी सहभागी भएका संयोजक आदर्श सिग्देलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण